'दशैँमा धेरैले हेलचेक्रयाइँ गर्दा भेन्टिलेटर र आइसियु जाने बढे'

थाहा खबर

काठमाडाैं

काठमाडौं :  केही महिना अघिदेखि लक्षण सहितका कोरोना भाइरस (कोभिड १९) का संक्रमित बढेसँगै नेपालमा गम्भीर प्रकारका संक्रमित बढ्दै जान थालेका छन्।

 

 

जसले गर्दा दैनिक संक्रमितको मृत्युको संख्यासमेत बढेको छ। देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियु र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

यतिखेर मुख्य त काठमाडौं उपत्यकामा दैनिक कोभिड १९)  का  संक्रमित एक हजारभन्दा बढी थपिएका छन्। उपत्यकामा संक्रमण समुदायस्तरमै पुगेपछि संक्रमण बढी भएको विज्ञहरूले बताइरहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत कात्तिक २४ गते  देशभर ४ सय ९४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका थिए  भने जसमा ८३ जना भेन्टिलेटरमा र ४११ जना संक्रमित आइसियुमा उपचाररत रहेका थिए।

यस्तै, मन्त्रालयकै विवरणअनुसार कात्तिक २५ गते  ४ सय ४ जना आइसियुमा र  ९६ संक्रमितको भेन्टिलेटरमा उपचारत भइरहेको छ। योसहित गम्भीर अवस्थामा उपचार भइरहेको संक्रमितको संख्या ५ सय पुगेको छ। योभन्दा अगाडि सोमबार  ४९४, आइतबार ४८०, शनिबार ४४१ जना  आइसियु र भेन्टिलेटरमा  उपचाररत थिए।

हाल आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १८४ जना आइसियु र ५८ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६२ जना आइसियु र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा  ४५ जना आइसियु र १५ जना भेन्टिलेटरमा र  प्रदेश २ मा १२ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, सुदूरपश्चिममा १७ आइसियुमा, गण्डकी प्रदेशमा ७६ आइसियु र १५ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ८ आइसियु उपचाररत छन्।

 मन्त्रालयको पछिल्लो केही दिनको विवरणअनुसार केही दिनयता आइसियु र भेन्टिलेटरमा जाने गम्भीर प्रकृतिका संक्रमित बढ्दै गएका छन्।

होम आइसोलेसन बस्दा भेन्टिलेटर र आइसियुमा संक्रमित बढे

पछिल्लो केही दिनयता आइसियु र भेन्टिलेटरमा जाने संक्रमितको संख्या बढ्नुमा दशैँको बीचमा धेरै गम्भीर संक्रमितहरू पनि होम आइसोलेसनमै बस्नुले हो। गम्भीर प्रकृतिका संक्रमितहरू पनि  धेरै होम आइसोलेसनमा बस्ने र एकदमै गाह्रो भएपछि मात्रै ढिलो गरी अस्पतालमा आउनाले आइसियु र भेन्टिलेटरमा जाने संक्रमित बढेको बताउँछन् टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोला।

प्रकाशित मिति: : 2020-11-11 13:24:00

प्रतिकृया दिनुहोस्