बिहारमा नीतिश कुमार इतिहास कोर्ने बाटोमा

भारतीय राजनीतिमा उत्तर प्रदेशपछि महत्वपूर्ण मानिने बिहार राज्यको विधानसभा चुनावमा धेरैको आशा विपरित नीतिश कुमार पुनः मुख्यमन्त्री बन्दै इतिहास रच्ने बाटोमा अघि बढेका छन्। 

नीतिशको जनता दल (युनाइटेड) र भारतीय जनता पार्टी (भाजपा) बीचको नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए) स्पष्ट बहुमतको नजिक देखिएको छ। एक्जिट पोलको मंगलबार बिहानको रिपोर्टअनुसार बिहारमा पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वीले नेतृत्व गरेको राष्ट्रिय जनता दल (राजद) को महागठबन्धन अगाडि भएको बताइएको थियो। 

तर, दिउँसोको मतगणना हुँदा एनडीए निकै अगाडि देखिएको छ। बिहारको २ सय ४३ विधानसभा सिटमा एनडीए १ सय २५ सिटको वरिपरि देखिएको छ। बिहारमा सरकार बनाउन १ सय २२ सिट आवश्यक पर्ने गर्छ। 

यसपालि सरकार बनाउन सफल भएको खण्डमा नीतिश कुमार भारतीय राजनीतिमा नयाँ इतिहास रच्न सफल हुनेछन्। उनी यसअघि सातौं पल्ट बिहारको मुख्यमन्त्री बन्ने अभियानमा छन्। भारतीय राजनीतिमा कुनै व्यक्ति सात पल्ट मुख्यमन्त्री भएका छैनन्। 

नीतिश सबैभन्दा पहिले सन् २००० मा मुख्यमन्त्री नियुक्त भएका थिए। उनी अटलबिहारी बाजपेयीको कार्यकालमा केन्द्रीय रेल मन्त्री पनि नियुक्त भएका थिए। 

नीतिश सन् २००५ देखि अनवरत मुख्यमन्त्री छन्। बिहारमा यसपालि ४ करोड १० लाख मतदाता थिए। जसमध्ये यादव र मुस्लिम मतदाताले महागठबन्धनलाई बढी मतदान गरेको बताइएको थियो।

प्रकाशित मिति: : 2020-11-10 15:48:00

प्रतिकृया दिनुहोस्