मलाई बारम्बार जन्मिन मन छ ।
मलाई गुलाब भएर उम्रिन मन मन छ ।।

हजार सपनाहरु साथ बोकेर फर्केर हेर्नु ।
मलाई तिम्रो आँखामा संसार भएर रंगिन मन छ ।।
मलाई बारम्बार जन्मिन मन छ।
मलाई गुलाब भएर उम्रिन मन मन छ ।।

मुश्‍किलले बाटोमा भेटिएर पाईला चालेका हौँ ।
मलाई तिम्रो कदम नसकिँदै सँग लम्किन मन छ ।।
मलाई बारम्बार जन्मिन मन छ।
मलाई गुलाब भएर उम्रिन मन मन छ ।।

आऊ सँगै चौतारीमा बसेर आकाशतिर हेरौँ
मलाई तिमीसँगै जुन बनेर आकाशमा चम्किँन मन छ ।
मलाई बारम्बार जन्मिन मन छ।
मलाई गुलाब भएर उम्रिन मन मन छ ।।

तिमी निर्लज्ज घुम्टो हटाएर आऊ जग्गे छेउमै ।
मलाई सबैको छेउमा तिमीसँगै अन्मिन मन छ ।।
मलाई बारम्बार जन्मिन मन छ।
मलाई गुलाब भएर उम्रिन मन मन छ ।।

प्रकाशित मिति: : 2020-11-07 20:43:00

प्रतिकृया दिनुहोस्

यो पनि पढ्नुहोस्