कोरोना कहरकै बीच ट्रेकिङमा चहलपहल, सगरमाथा क्षेत्रमा बढी आकर्षण

नेपाल खबर

काठमाडौँ
फाइल तस्बिर

बसन्त अर्याल

कोभिड १९का बीच नेपालको ट्रेकिङ क्षेत्रमा चहलपहल बढेको छ। कात्तिक १ देखि अन्तर्राष्ट्रिय पर्यटकलाई समेत खुल्ला गरिएको ट्रेकिङमा दशैँपछि चहलपहल बढेको हो।

सरकारले कात्तिक १ देखि हिमाल आरोहण र पदयात्राको लागि विदेशी पर्यटकलाई खुल्ला गरेको थियो। जसले चैतदेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सहयोग पुर्याएको सरोकारवाला बताउँछन्।

पदयात्राको लागि सबैभन्दा बढी सगरमाथा (खुम्बु) क्षेत्र आकर्षण देखिएको छ। अन्नपूर्ण क्षेत्रमा धेरैको चासो भए पनि स्थानीय तहअनुसार नियम हुँदा अन्योल बढेको छ।

पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मीले पछिल्लो समय अन्तर्राष्ट्रियसँगै आन्तरिक पर्यटक बढेको बताए।

‘विदेशी भीआईपी पर्यटक आउँदा धेरै प्रचार भयो’, सीईओ रेग्मीले नेपालखबरसँग भने, ‘त्यसले अरु विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकलाई घुम्न प्रेरित गर्यो।’

भदौ ३१ मा बहराइनका राजकुमारसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहण गर्न आउँदा अन्तर्राष्ट्रिय रुपमा नेपालको प्रचार भएको थियो। बहराइनको राजकुमारपछि कतारी राजपरिवार सदस्य आमादब्लम हिमाल आरोहण गर्न आउँदा कोभिडका बीच नेपामा घुम्न सकिन्छ भन्ने सन्देश गएको छ।

प्रकाशित मिति: : 2020-11-06 14:56:00

प्रतिकृया दिनुहोस्