‘ए मेरो हजुर ३’ युट्युब ट्रेन्डिङको शीर्षस्थानमा

चलचित्र ‘ए मेरो हजुर ३’ युट्युब च्यानलमा अपलोड भएको २४ घन्टा नबित्तै ट्रेन्डिङको शीर्षस्थानमा पुगेकाे छ।

अनमोल केसी र सुहाना थापाको अभिनय रहेकाे चलचित्र हलमा रिलिज भएको डेढ बर्षपछि बुढा सुब्बाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियाे। 

 यो फिल्मले छोटो समयमै १४ लाखभन्दा बढी भ्यूज पाएको हो।

अभिनेत्री झरना थापाको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन्।

चलचित्रमा अनमोल र सुहानाबाहेक सलोन बस्नेत, रबिन्द्र झा, रक्षा गौतम, विशाल पौडेल, सरोज खनाल लगायतका कलाकारले अभिनय रहेकाे छ।

युटुबमा आउनु अगाडि चलचित्रलाई विदेशमा र टेलिभिजनमा पनि रिलिज गरिएको थियो। चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज भैरहँदा ‘ए मेरो हजुर ४’को छायांकन पनि सुरु भैसकेको छ।

‘ए मेरो हजुर ४’ कोरोनो संक्रमणकै जोखिमका कारण हाल छाया‌ंकन रोकिएको छ।

चलचित्रमा अनमोल सुपरस्टार गायक र सुहाना उनको फ्यानको भुमिकामा रहेकाे देखाइएकाे छ।

प्रकाशित मिति: : 2020-11-06 12:44:00

प्रतिकृया दिनुहोस्