दुई आत्मघाती गोल, आर्सनलकाे पूनरागमन जित

आर्सनलले युरोपा लिगमा लगातार तेस्रो जित हात पारेको छ। 

घरेलु मैदान इमिरेट्स स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा आर्सननले नर्वेजियन क्लब मोल्देमाथि ४–१ को पूनरागमन जित हात पारेको हो।

दुई आत्मघाती गोल सहयोगमा खेलमा फर्किएको आर्सनलका लागि निकोलस पेपे र जोसेप विललकले गोल गरे। घरेलु टोलीका मार्टिन इलिङसेनले गरेको गोल सान्त्वना बन्यो।

२२औँ मिनेटमा मार्टिन इलिङसेनको गोलबाट आर्सनल पछि परेको थियो। ४५औं मिनेटमा क्रिस्टोफोर हेउगेनको आत्मघाती गोल गरेपछि आर्सनल खेलमा फर्किएको थियो।

६२औँ मिनेटमा सेरिफको आत्मघाती गोलबाट आर्सनलले खेलमा २–१ को अग्रता लियो। ७०औँ मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई जिततर्फ अघि बढाए। 

खेल सकिन दुई मिनेट बाँकी रहँदा जोसेप विललकले गोल गर्दै आर्सनलाई जित दिलाए।

यो जितसँगै समूह ‘ए’ मा लगातार तेस्रो जित निकालेको आर्सनलको ९ अंक पुगेको छ। पराजित मोल्दे ६ अंकसहित दोस्रो स्थानमा रहेको छ। रापिड वेनको ३ तथा डुन्डल्क अंकविहीन छ।

प्रकाशित मिति: : 2020-11-06 07:26:00

प्रतिकृया दिनुहोस्