मेयरसाबको भनाइले मन साह्रै पोल्यो, हामीले कहाँ गएर भोको पेट भर्नू?

थाहा खबर

काठमाडौँ
तस्बिर : थाहा खबर

श्याम राई

जोरपाटी दक्षिणढोका कृष्णप्रसाद बर्दिय एक महिनादेखि खुलामञ्चमा सहयोगी संस्थाले निःशुल्क बाँडेको खाना खाँदै आएका छन्। मंगलबार पनि उनी खाना खानाकै लागि खुलामञ्चमा कुरिरहेका थिए। तर, उनी निराश देखिन्थे। कारण उही हो, काठमाडौं महानगरपालिकाले खाना वितरणलाई रोक लगाएको। 

मेयर विद्यासुन्दर शाक्यले महानगरको साैन्दर्य बिग्रिएको र बेइज्जत भएको भन्दै ​खुलामञ्चमा खाना वितरण बन्द नै गरिदिए।

तर कृष्णप्रसादलाई मेयरको त्यो भनाइले साह्रै मन पोलेको छ। भन्छन्,‘महानगरपालिकाले खाना बन्द गरिदिने रे। अब भोकै त बस्ने होला।’ सहरमै उनको घर भए पनि परिवारबाट अपहेलित उनी छुट्टिएर बसेका छन्। लकडाउन अघिसम्म उनी अचार बनाउने कम्पनीमा काम गर्थे। 

तर, लकडाउनले काम बन्द भएपछि उनको अवस्था सडकमै आइपुग्यो। ‘लकडाउन अघिसम्म त काम गरेर पेट भरेको थिएँ। लकडाउन भएपछि काम नै पाइएन। यहीँ (खुलामञ्च) आएर खान्छु। त्यसैले बाँचेको छु’, मलिन स्वरमा उनले सुनाए। 

प्रकाशित मिति: : 2020-11-04 20:16:00

प्रतिकृया दिनुहोस्