लक्षणसहितका ७० प्रतिशत संक्रमितलाई अक्सिजन थेरापीले बचाउँछ

थाहा खबर

काठमाडौँ
सांकेतिक तस्बिर

सविना खनाल

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको झन्डै पाँच महिनासम्म फेला परेका अधिकांशका संक्रमितमा लक्षण थिएन। तर, तीन महिनायता भेटिएका संक्रमितहरूमा कुनै न कुनै लक्षण देखिँदैछ। त्यसमा पनि अक्सिजन थेरापी दिनुपर्ने कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दो छ।

हाल कडा खालका लक्षण देखिएर अस्पताल भर्ना भएका संक्रमितहरू प्राय: सबैलाई अक्सिजन थेरापी अनिवार्य जस्तै छ। होम आइसोलेसनमा बसेकालाई समेत अक्सिजन थेरापी दिनुपर्ने अवस्था छ।

पछिल्लो समय धेरै संक्रमितलाई अक्सिजन दिनुपरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रशासन प्रमुख रुपनारायण खतिवडाले बताए। टेकु अस्पतालले कोरोना संक्रमित थपिन थालेसँगै अक्सिजन प्लान्ट व्यवस्थापन गरेको थियो।

तर, अन्य संक्रमणका बिरामीलाई भन्दा कोभिडका बिरामीलाई धेरै अक्सिजन चाहिने हुँदा हाल रहेको अक्सिजन प्लान्टले धान्न समेत गाह्रो भएको उनले बताए। भने, ‘कोभिडको असर श्वासप्रश्वासमा नै मुख्य रुपमा हुने भएकाले अक्सिजनको आवश्यकता देखिएको छ।'

नेपालमा लकडाउनको समयमा कोरोना देखिएकाहरूमा लक्षण थिएन। युरोप र भारतबाट आएकाहरूले कोरोनालाई सजिलै जितेका थिए। गत माघदेखि जेठसम्म संक्रमण देखिएका संक्रमितहरू बिरामी परेका थिएनन्। उनीहरू अस्पताल भर्ना भए पनि आरामसाथ उपचार गरेर घर फर्किने गरेका थिए। 

प्रकाशित मिति: : 2020-11-04 08:34:00

प्रतिकृया दिनुहोस्