अस्ट्रियाको राजधानीमा आतंकवादी आक्रमण: एकको मृत्यु, १५ घाइते

अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण हुँदा १५ जना घाइते भएका छन्। 

यहुदी प्रार्थना स्थल नजिकै स्थानीय समय अनुसार सोमबार राति ८ बजेतिर आक्रमण भएको हो। 

राइफलसहितका बन्दुकधारीले मध्य भियनाका विभिन्न ६ स्थानमा अन्धाधुन्ध गोली चलाएका थिए।

गाेली लागेर प्रहरी पनि घाइते भएका छन्।  

यस्तै कम्तीमा एकजनाको ज्यान गएको स्थानीय प्रहरीले जनाएकाे छ। मृतक बन्दुकधारी हुन्। उनलाई सुरक्षाकर्मीले मारेकाे बताइन्छ।

आक्रमणपछि भियनाको ठूलो क्षेत्रमा प्रहरीको तैनाथी भएको छ। 

अस्ट्रियाका चान्सलर सेबास्टियन क्रूजले प्रतिघाती आतंकारी आक्रमण भएकाे बताए। 

युरोपका नेताहरुले आक्रमणको निन्दा गरेका छन्।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले डरलाग्दो आक्रमणबाट त्रसित भएको बताएका छन्। 

प्रकाशित मिति: : 2020-11-03 06:41:00

प्रतिकृया दिनुहोस्