बुधबार, १६ जुलाई २०२५

गल्ती

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌
2020-10-31 16:56:00
News Image
• • •

गर्दैन भन्दा भन्दै गल्ती हजार गर्छ।
गर्न छोड्दै केवल छोड्ने विचार गर्छ।

छोरालाई दुध खुवाउन छोडेर आमा 
टेबुलमा बसेर अनुहारमा श्रङ्गार गर्छ।

भोका नाङ्गाहरुलाई यो पैसाले पनि 
सौतेनी आमाका जस्तो व्यवहार गर्छ।

यसकारण मान्छे मजा लिन सक्दैन 
किनकि मजा लिने काममा हतार गर्छ।

ठाउँमै निशाना लगाउन अनुभवी हुनुपर्छ।
नत्र भने शिकारले शिकारीको शिकार गर्छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?