बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग गरेको एउटा गोप्य टेलिफोन कुराकानी ‘लिक’ भएपछि उनले त्यसको खण्डन गरेका छन्।
फाइनाइन्सियल टाइम्सले प्रकाशित गरेको उक्त कुराकानीमा आधारित रिपोर्टअनुसार ट्रम्पले जेलेन्स्कीसँग रुसमाथि आक्रमण गर्न भनेका थिए।
‘यदि हामीले निकै लामो दूरीमा मार हान्नसक्ने हतियार दियौं भने के युक्रेनले मस्को अनि सेन्ट पिटर्सबर्गमाथि प्रहार गर्न सक्छ?’ ट्रम्पले सोधेका थिए।
हालैमात्र ट्रम्पले नाटो संगठनमार्फत युक्रेनलाई हतियार दिने सम्झौता गरेलगत्तै यस्तो रिपोर्ट बाहिरिएको हो।
यो हतियार सम्झौतासँगै ट्रम्पले आगामी ५० दिनभित्र युद्ध बिराम सम्झौता गर्न पनि रुसलाई चेतावनी दिएका छन्।
ट्रम्प र जेलेन्स्कीबीच भएको उक्त कुराकानी बाहिरिएपछि ह्वाइटहाउसले भने त्यसको खण्डन गरेको छ।
ह्वाइट हाउसले ट्रम्पले युद्ध गर्ने वा हिंसालाई प्रोत्साहन गर्नेखालका कुनै कुराकानी नगरेको दाबी गरेको छ।
‘राष्ट्रपति ट्रम्प युद्ध रोक्न र शान्ति स्थापना गर्नका लागि लगातार लागिरहनुभएको छ’ ह्वाइट हाउसले भनेको छ ‘उहाँले हिंसालाई प्रोत्साहन गर्नेखालका कुनै कुराकानी भएको छैन। युक्रेनले मस्कोमा आक्रमण गर्नहुन्न भन्नेमा राष्ट्रपति ट्रम्प दृढ हुनुहुन्छ।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया