बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग गरेको एउटा गोप्य टेलिफोन कुराकानी ‘लिक’ भएपछि उनले त्यसको खण्डन गरेका छन्।
फाइनाइन्सियल टाइम्सले प्रकाशित गरेको उक्त कुराकानीमा आधारित रिपोर्टअनुसार ट्रम्पले जेलेन्स्कीसँग रुसमाथि आक्रमण गर्न भनेका थिए।
‘यदि हामीले निकै लामो दूरीमा मार हान्नसक्ने हतियार दियौं भने के युक्रेनले मस्को अनि सेन्ट पिटर्सबर्गमाथि प्रहार गर्न सक्छ?’ ट्रम्पले सोधेका थिए।
हालैमात्र ट्रम्पले नाटो संगठनमार्फत युक्रेनलाई हतियार दिने सम्झौता गरेलगत्तै यस्तो रिपोर्ट बाहिरिएको हो।
यो हतियार सम्झौतासँगै ट्रम्पले आगामी ५० दिनभित्र युद्ध बिराम सम्झौता गर्न पनि रुसलाई चेतावनी दिएका छन्।
ट्रम्प र जेलेन्स्कीबीच भएको उक्त कुराकानी बाहिरिएपछि ह्वाइटहाउसले भने त्यसको खण्डन गरेको छ।
ह्वाइट हाउसले ट्रम्पले युद्ध गर्ने वा हिंसालाई प्रोत्साहन गर्नेखालका कुनै कुराकानी नगरेको दाबी गरेको छ।
‘राष्ट्रपति ट्रम्प युद्ध रोक्न र शान्ति स्थापना गर्नका लागि लगातार लागिरहनुभएको छ’ ह्वाइट हाउसले भनेको छ ‘उहाँले हिंसालाई प्रोत्साहन गर्नेखालका कुनै कुराकानी भएको छैन। युक्रेनले मस्कोमा आक्रमण गर्नहुन्न भन्नेमा राष्ट्रपति ट्रम्प दृढ हुनुहुन्छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया