अरुण बराल
२०७३ साल मंसिर १९ गते साँझको कुरो हो । नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा केपी शर्मा ओली, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङ र गोकर्ण बिष्टलगायतका नेताहरु एउटा रात्रिभोजमा सरिक थिए ।
तत्कालीन विपक्षी दलका नेता रहेका ओलीले त्यहाँ बालब्रह्मचारी वृद्ध जोगी र माताजीवीचको ‘लसपस’ को कहानी सुनाएका थिए ।
आजीवन ब्रह्मचर्यका लागि लडेको जोगीले बूढेसकालमा आएर माताजीसँग ‘यसोउसो’ गरेको सुनाउँदै ओलीले अब यो बूढेसकालमा आफू त्यसरी विचलित नहुने प्रतिवद्धता जनाएका थिए ।
सर्वप्रथम, इन्द्रेणी फुडल्याण्डमा ओलीले सुनाएको कथा सुनौं –
एकजना साधु थिए । बाल ब्रह्मचारी । अत्यन्तै बाल ब्रह्मचारी । लामो समयदेखिको अविवाहित । बहुत निष्ठावान् । उनले बहुत अभ्यासहरु गरे ।
गाउँलेहरुले उनलाई कुटी बनाएर राखिदिए ।
एउटी जोगिनी, सन्यासिनी, माताजी पनि त्यहाँ बस्ने गरिन् ।
गाउँलेहरुले प्रसादहरु लगिदिएर सहयोग गर्थे ।
एकदिन बिहानै प्रसाद लिएर जाँदाखेरि ती बूढा जोगीले भने– अब मलाई तपाईहरुले प्रसाद–स्रसाद ल्याउनुपरेन । मलाई दर्शन गर्न आउनु पनि परेन । अब म सन्यासी रहिनँ ।
‘के भो बाबा ? के भो ?’