भारतीय अदालतको रोचक फैसला– श्रीमानको घर खर्च चलाउन श्रीमतीले भत्ता दिनुपर्ने

श्रीमतीको राम्रो जागिर र धनसम्पत्ति भएपनि प्रायः अदालतले घर झगडामा श्रीमानलाई घर खर्चको जोगाड गर्न आदेश दिने गरेको थियो। तर, भारतको उत्तर प्रदेशस्थित मुजफ्फरपुरमा यसको विपरित एउटा फैसला भएको छ। 

मुजफ्फरपुरको एउटा फेमेली कोर्टले एक महिलालाई आदेश दिएको छ, उनले आफ्नो श्रीमानलाई मासिक भत्ता उपलब्ध गराउनु पर्नेछ। यो भारतमा मात्र होइन, नेपालमा पनि उदाहरणीय फैसला हुनसक्छ। 

भत्ता उपलब्ध गराउनुपर्ने महिला अवकासप्राप्त आर्मी हुन भने उनको श्रीमान चिया बेच्ने काम गर्छन। किशोरी लाल सोहन्कार नाम गरेको चियावाला मुजफ्फरनगर जिल्लाको खतौलीमा बसोबास गर्छन। 

उनको बिहे ३० वर्षअघि कानपुरकी मुन्नी देवीसँग भएको थियो। मुन्नी देवी भारतीय सेनामा चौथो दर्जाकी कर्मचारी थिइन्। 

अहिले उनको पेन्सन मात्र १२ हजार आउँछ। १० वर्षअघि घरायसी झगडाका कारण दुबै छुट्टिएर बस्छन्। २०१३ मा किशोरी लालले बाच्नका लागि ‘गुजारा भत्ता’ माग गरेका थिए। 

जसको फैसला फेमेली कोर्टले हालै गर्दै उनलाई मासिक २ हजार रुपैयाँ उपलब्ध गराउन भनिएको छ। किशोरी लालले श्रीमतीको पेन्सनबाट मासिक एक तिहाई रुपैयाँ माग गरेका थिए। 

उनले अदालतले गरेको निर्णयबाट प्राप्त गर्ने पैसा आफ्नो नियमित उपचारमा खर्च हुने बताएका छन्। उनले सात वर्षअघि मुद्धा दायर गरेका थिए।

प्रकाशित मिति: : 2020-10-24 22:12:00

प्रतिकृया दिनुहोस्