‘प्रधानमन्त्रीज्यू, प्रेमकुमारीलाई बचाउन सकिएन’

अनलाइनखबर

काठमाडाैं

सम्माननीय प्रधानमन्त्री ज्यू,

तपाईंको नेतृत्वको सरकारले ‘कोरोना संक्रमितले आफैं उपचार खर्च ब्यहोर्नू’ भनेर जनताका नाममा आदेश गरेकै दिन झापा जिल्लाको दमक निवासी कोरोना संक्रमित ६७ बर्षीया प्रेमकुमारी खड्काको निधन भयो । 

त्यसो त उक्त दिनमात्र देशभरका कोरोना संक्रमितहरु मध्ये १८ जनाले ज्यान गुमाए । तर, प्रधानमन्त्रीज्यूको निर्वाचन क्षेत्रकी प्रेमकुमारी खड्काको ब्यथा वयान गरेर तपाईंलाई सुनाउन उपयुक्त  लागेर सुनाउँदैछु । तपाईंलाई भेट्न पाएको भए भेटेर सुनाउँथें, तर म भित्रिया परिनँ । केही पहिले भेट्न कोसिस गरेको थिएँ । तर, तपाईका आसेपासेले महत्व दिएनन् । त्यसकारण लेखमार्फत यो पत्र लेख्दै छु ।

प्रेमकुमारी खड्का केही दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा उपचार गरी निको भएर घर फर्किनुभएको थियो । तर, घर फर्किएपछि उहाँलाई थप गार्‍हो  भएकाले पुन : अस्पताल गएर उपचार गरिरहनुभएको थियो । एक्कासी उहाँको अक्सिजनको मात्रा घट्यो र डाक्टरले आइसीयुमा राखेर उपचार गर्नु जरुरी रहेको बताए । तर, तपाईं निर्वाचित हुनुभएको क्षेत्रको  दमकका कुनै अस्पतालमा आईसीयू पाइएन । थोरै संख्यामा रहेका आईसीयू पनि खाली थिएनन् ।

उहाँको स्वास्थ्य अवस्था झन जटिल बन्दै थियो । डाक्टरले भेन्टिलेटर जरुरी भएको बताए । कुनै उपाए नलागेपछि मलाई सम्पर्क गरेर उहाँका छोराले दशैंका मुखमा आमाको जीवन बचाइदिन याचना गरे । मैले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्षलाई सम्पर्क गरें । त्यहाँ आईसीयु र भेन्टिलेटर केही पनि खाली  थिएन । उहाँले संक्रमित भएका त्यहीँ कार्यरत डाक्टर र नर्सहरुका लागि समेत  पर्याप्त ब्यवस्थापन हुन  नसकेको बताउनुभयो ।

प्रकाशित मिति: : 2020-10-22 03:55:00

प्रतिकृया दिनुहोस्