कर्णालीबाट उदाएकी गीता !

बाह्रखरी

काठमाडाै‌

काठमाडौं । नेपाली महिला फुटबलकी एक सफल खेलाडी हुन् गीता राना । उनले नेपाली महिला फुटबलका लागि जे जति गरेकी छन् सायदै कुनै खेलाडीका लागि यो सफलता हात पर्न सक्छ । गीताले राष्ट्रिय टोलीका लागि खेल्न लागेको समयदेखि नै उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् । उनले फुटबलमा लामो समय बिताएकी छन् । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका लागि खेल्ने उनी कर्णालीकी पहिलो फुटबल खेलाडी हुन् ।

कर्णालीमा पनि खेलकुद धेरै पछिको कुरा हो । भौगोलिक विकटता र अभावले भरिएको कर्णाली खेलकुद क्षेत्रमा पनि निकै पछि छ । त्यसको गतिलो उदाहरण हो लुम्बिनी प्रदेशमा सम्पन्‍न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णविहीन हुनु । कर्णाली प्रदेश आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदकविहीन बन्यो । यसमा स्वर्णविहीन हुने कर्णाली प्रदेश एक्लो हो । यसको मतलब खेलकुदको सम्भावना नभएको भने होइन । थोरै मात्र लगानी गर्ने र नतिजा खोज्‍ने प्रवृत्तिमा खेलाडी पिल्सिरहेका बेला कर्णालीलाई पनि त्यसैको असर छ । सरकारको लगानी न्यून रहे पनि कर्णालीले राष्ट्रिय खेलाडी उत्पादनमा भने कुनै कसुर बाँकी राखेको छैन । देश विदेशमा नेपालको झण्डा फहराएका धावक हरि रोकाया, विश्‍वरुपा बुढा र फुटबलका रोहित चन्दलगायत धेरै खेलाडी कर्णालीले जन्माएको छ ।

प्रकाशित मिति: : 2020-10-21 10:39:00

प्रतिकृया दिनुहोस्