शाखा अधिकृतको ब्याट-३१ समूहले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

शाखा अधिकृत
नेपाल सरकारको शाखा अधिकृतको २०७३ (ब्याच-३१) ले राष्ट्रिय आविष्कार केन्द्रलाई २ लाख ७८ हजार ३ सय २१ रूपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।  

नेपाल सरकारको शाखा अधिकृतको २०७३ (ब्याट-३१) ले राष्ट्रिय आविष्कार केन्द्रलाई २ लाख ७८ हजार ३ सय २१ रूपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।  

आफ्नो नियुक्ति भएको चौथो वार्षिकोत्सवको अवसर पारेर उनीहरुले सहयोग रकम हस्तारण गरेका हुन्। 

‘हरेक वर्ष हामीले नियुक्ति मिति कात्तिक २ लाई वार्षिकोत्सवको रुपमा मनाउदै आएको छौ,’ ब्याच-१३ का सदस्य भूमे गाउँपालिका, रूकुम पूर्वका प्रमुख प्रशासकीय अधिकृत चन्द्र सिंह श्रेष्ठले बिएल नेपाली सेवालाई जानकारी दिए।

कोभिड-१९ महामारीको समयमा स्वास्थ्य उपकरण तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामग्रीहरू बनाई महामारीविरुद्ध जुध्न सहयोग गरेको र आविष्कार केन्द्रमा सृजनात्मकता प्रवर्द्धनका लागि गरेको कार्यको प्रशंसा गर्दै समूहले सहयोग गरेको हो ।

यसअघि कात्तिक २ गते उनीहरू सकेसम्म जमघट गर्ने,  छलफल र अनुभव आदानप्रदान गर्ने कार्यक्रम हुन्थ्यो। यसपटक भने कोरोनाको महामारीले केही फरक तरिकाले मनाउनुपर्छ भन्ने छलफल भएकोले केही साथीहरुको प्रस्ताव र सम्पूर्ण साथीहरुको सहमतिमा अरुलाई पनि उत्प्रेरणा जगाउने उद्धेश्यले सहयोग गर्ने सोच पलाएको श्रेष्ठले जानकारी दिए।

‘सामुहिक कार्यको प्रभाव देखाउने कोरोना विरुद्धको लडाईमा अनवरत योगदान गरिरहेको महाविर पुन दाइ र राष्ट्रिय आविष्कार केन्द्रलाई प्रतिकातत्मक समर्थन गर्ने योजना भयो । सोही अनुसार ब्याट-३१ का सदस्यहरुले रु  १०००, १५०० र २००० को दरले स्वेच्छिक योगदान गरेको हो,’ उनले भने।

कोरोना संक्रमण, सम्पर्कमा समस्या, बैंकको पहुँच आदि कारणले सबै साथीहरु सहभागी हुन नसके पनि अधिकांशको एकमत भएर विद्युतीय माध्यमबाट सहयोग संकलन गरेको समूहले जानकारी दिएको छ।

शाखा अधिकृतहरू भिमकुमार बस्नेत, होमनाथ काफ्ले, विष्णु हरी रेग्मी, सुमन अधिकारी र गोविन्द पौडेलले प्रतिनिधित्व गरेर राष्ट्रिय आविस्कार केन्द्रको मुख्य कार्यालयमै गएर संस्थाका अध्यक्ष महावीर पुनलाई सहयोग रकम हस्तान्तरण गरेका थिए।

साथै ब्याच-३१ समूहले कोभिड-१९ महामारीको विषम परिस्थितिमा विभिन्न स्वास्थ्य सामग्रीहरू निर्माण गरेर महामारीविरुद्ध जुध्न अनुकरणिय र सृजनात्मक कार्य गरेकोमा आविष्कार केन्द्रको खुलेर प्रशंसा गरेका थिए।

प्रकाशित मिति: : 2020-10-20 08:50:00

प्रतिकृया दिनुहोस्