सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री गुरुङलाई

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ता तोकिएको छ।

मन्त्रिपरिषद्ले गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी गरेको हाे।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट गुरुङलाई गएको असोज २८ मा सञ्चार मन्त्रालयको जिम्मेवारी दिएपछि प्रवक्तासमेत तोकिएका हुन्।

यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ता थिए। गुरुङ वर्तमान सरकारका चौथो प्रवक्ता हुन्।

प्रवक्ताको जिम्मेवारीमा रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा पदमुक्त भएपछि तत्कालीन अर्थमन्त्री युवराज खतिवडालाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो।

उनी पनि पदमुक्त भएपछि परराष्ट्रमन्त्री ज्ञवाली प्रवक्ता बनेका थिए।

प्रकाशित मिति: : 2020-10-19 12:30:00

प्रतिकृया दिनुहोस्