शव व्यवस्थापनमा सेनाको भोगाइ : कहिल्यै बिर्सन नसकिने पीडादायी अनुभव !

तस्विर ः थाहाखबर

तुलसी भण्डारी

सुरुमा विदेशतिर कोरोनाले मृत्यु भएको सुन्दा आङ सिरिङ्ङ हुन्थ्यो। तर पछि नेपालमा नै त्यस्ता व्यक्तिको शव व्यवस्थापन गर्नु पर्ने चुनौतिपूर्ण क्षण सेनालाई आइलाग्यो।

​राज्यले नै कोरोनाबाट मृत्यु भएका मानिसको शव व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनालाई सुम्पियो। त्यो जिम्मेवारीसँगै निकै ठूलो चुनौति आइपरेको सेनाले महसुस गर्‍यो। तर, काममा नेपाली सेना कहिल्यै पछि नपरेको इतिहासलाई यो क्षणमा पनि सेनाले निरन्तरता दियो।  

पर्सामा अहिलेसम्म कोरोनाबाट मृत्यु भएका ५१ जनाको शव नेपाली सेनाले व्यवस्थापन गरिसकेको छ। धुलिखेलपछि वीरगन्जमा रहेको चण्डी प्रसाद गणले पहिलो पटक​ कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन परेको थियो। गएको असार २८ गतेदेखि गएका तीन महिनामा मात्र कोरोनाका कारण मृत्यु भएका धेरै मानिसको शव व्यवस्थापन गरिएको चण्डी प्रसाद गण वीरगन्जका गणपति तथा प्रमुख सेनानी मदनजंग राणाले बताए। 

प्रकाशित मिति: : 2020-10-19 11:47:00

प्रतिकृया दिनुहोस्