झापामा राति ८ देखि बिहान ५ बजेसम्म लकडाउन

बिएल संवाददाता

बिर्तामाेड

कोरोना भाइरसकाे संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन झापाले राति लकडाउन घोषणा गरेको छ ।

कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रले शुक्रबार गरेको निर्णयअनुसार संक्रामक रोग ऐन २०२० को दफा २ ले अधिकार र स्थानीय शासन ऐन २०२८को दफा ६(३) बमोजिम आइतबारदेखि लागू हुनेगरी याे निर्णय लागू गरेकाे हाे।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार राति ८ देखि बिहान ५ बजेसम्म अत्यावश्क कामबाहेक हिँड्डुल गर्न र सवारी सञ्चालन नगर्न र होटल व्ययवसाय र पसलहरु समेत बन्द गरिएकाे छ।

याे अवधिमा भेला जमघटहरुमा सहभागी नहुन र जात्रा, मेला र महोत्सव समेत नगर्न आह्वान गरिएको उनले बताए। यो व्यवस्था आइतबारदेखि कात्तिक १४ गते कोजाग्रत पूर्णिमाका दिनसम्म लागू हुने उनले बताए ।

प्रकाशित मिति: : 2020-10-18 18:41:00

प्रतिकृया दिनुहोस्