सीमा नाकामा जाँचै हुँदैन खाद्यान्न पदार्थको घातक विषादी

नेपाल खबर

काठमाडाैं

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापनका लागि एक सय २५ वटा खाद्य पदार्थको न्यूनतम मापदण्ड तोकेको छ।

यसैका आधारमा भारत तथा तेस्रो मुलुकबाट आयात हुने खाद्यपदार्थको देशका १२ वटा मुख्य भन्सार नाकामा आयातनिर्यातको गुणस्तर प्रमाणीकरण हुन्छ।

तर, उपकरण र कर्मचारीको अभावजस्ता कारणले सीमा नाकामा स्थापित गुणस्तर नापजाँच कार्यालयहरुले सामान्य लेबलिङ र प्याकेजिङ हेरेर मात्रै गुणस्तर प्रमाणित गर्छन्। माइक्रोबायोलोजी प्यारामिटरहरु भने जाँच हुँदैन। जसले गर्दा अखाद्य पदार्थहरु नेपाल भित्रिरहेका छन्। भारतलगायत तेस्रो मुलुकबाट खाद्य पदार्थ आयात गर्दा सुरुमा नेपाल सरकारको अनुमति पत्र चाहिन्छ। आयात गर्ने खाद्यवस्तुको खाद्य आयातनिर्यात तथा गुणस्तर प्रमाणीकरण कार्यालयले हरेक नमूनाको गुणस्तर परीक्षण गरेर स्वस्थकर प्रमाणित गरेपछि मात्रै भन्सार पास हुने व्यवस्था गरिएको छ। तर, लेबलिङ र प्याकेजिङ मात्रै हेरेर गुणस्तर प्रमाणित गर्ने गर्दा अखाद्यपदार्थ नेपाल भित्रिएका हुन्।

प्रकाशित मिति: : 2020-10-18 14:26:00

प्रतिकृया दिनुहोस्