बिन्दवासिनी गाउँपालिको काममा भ्रष्टाचार तथा अनियमितता भएको भन्दै युवा सञ्जालको ध्यानाकर्षण

बिन्दवासिनी गाउँपालिको काममा ढिलासुस्ती, भ्रष्टाचार तथा अनियमितता भएको भन्दै युवा सञ्जालले ध्यानाकर्षण गराएको छ ।
बिन्दवासिनी गाउँपालिको काममा ढिलासुस्ती, भ्रष्टाचार तथा अनियमितता भएको भन्दै युवा सञ्जालले ध्यानाकर्षण गराएको छ ।

बिन्दवासिनी गाउँपालिको काममा ढिलासुस्ती, भ्रष्टाचार तथा अनियमितता भएको भन्दै युवा सञ्जालले ध्यानाकर्षण गराएको छ ।

सञ्जालका संयोजक मधुसुदन चौरसियाले गाउँपालिका अध्यक्षलाल साह कानु (मोदी) र प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारलाई पाँच बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।

विसंगति तथा विकृतिविरुद्ध आवाज उठाउने तथा अनियमितताको उर्जागर गर्ने अभिप्रायले गठित युवा सञ्जालले गाउँपालिकामा भइरहेको बिकास निर्माणमा लापरवाहीको खबरदारी गर्ने उद्देश्यले ध्यानाकर्षण गराइएको संयोजक चौरसियाले बताए ।

सञ्जालले आर्थिक वर्ष २०७६/७७ को खर्च विवरण सार्वजनिक गर्नुपर्ने, आर्थिक वर्ष २०७७/७८ मा पारित भएका योजना सार्वजनिक गर्नुपर्ने, कोरोना रोकथाम, नियन्त्रण तथा क्वारेन्टाइन व्यवस्थापनमा भएको खर्च विवरण सार्वजनिक गर्नुपर्ने, सामुदायिक विद्यालय मर्मत तथा शैक्षिक बेथितिको सुधार गर्नुपर्ने, गाउँपालिकाभित्रका सबै स्वास्थ्य चौकीमा औषधी र स्वास्थ्यकर्मी अभावको पूर्ति गर्नुपर्ने लगायतका मागहरु समेटेर ज्ञापन पत्र बुजाएको छ।

जनता समाजवादी पार्टीका नेता समेत रहेका चौरसियाले ज्ञापन पत्र बुझाउँदै गाउँपालिकाबाट प्रवाह हुने सेवा सुविधामा भेदभाव हुने गरेको, शिक्षा र स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले ध्यान नपुर्याएको, कमिसनको चक्करमा जनप्रतिनिधिहरुले गुणस्तरहिन काम गर्न दिए जानकारी दिए।

चौरसियाले गाउँपालिकाले आफ्नो प्रवृतिमा सुधार नल्याए आफुहरु कडा आन्दोलन गर्न बाध्य हुने बताए । ‘१५ दिनभित्र मागको सम्बोधन नभए थप कडा आन्दोलन गर्नेछ,’ उनले भने।

 ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष कानुले युवा सञ्जालले औल्याएका विषयवस्तुमा सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै उनले युवाहरुको ऐक्यबद्धतामा आगामी दिनमा पनि गाउँपालिकाले गरेका गतिविधिमा हुने कमी कमजोरीहरु पहिल्याएर सकरात्मक सुझावहरु दिन आग्रह गरे ।

प्रकाशित मिति: : 2020-10-16 11:56:00

प्रतिकृया दिनुहोस्