नेवानिका नवनियुक्त महाप्रबन्धक पौडेलद्धारा पदभार ग्रहण

नवनियुक्त महाप्रबन्धक डिमप्रसाद पौडेल (प्रकाश)
नवनियुक्त महाप्रबन्धक डिमप्रसाद पौडेल (प्रकाश)

नेपाल वायुुसेवा निगम (नेवानि) का नवनियुक्त महाप्रबन्धक डिमप्रसाद पौडेल (प्रकाश) ले सोमबार पदभार ग्रहण गरेका छन्। निगममा आयोजित कार्यक्रममा पौडेललाई सञ्चालक समितिका अध्यक्ष तथा पूर्वपर्यटन सचिव सुशिल घिमिरेले स्वागत गरेका थिए ।

यसअघि निगमकै सञ्चालक समितिका सदस्य रहेका पौडेललाई बिहीबारको मन्त्रिपरिषद् बैठकले निगमका कार्यकारी अध्यक्ष घिमिरेको भूमिका कटौती गर्दै आगामी ४ वर्षको लागि निगमको महाप्रबन्धक पदमा नियुक्त गरेको थियो ।

बेलायतबाट चार्टड एकाउन्टेन्ट (एसीसीए) अध्ययन गरेका पौडेल निगमको बोर्ड सदस्यमा मनोनित हुनुअघि चितवन मेडिकल कलेजमा फाइनान्स तथा प्रशासन निर्देशक भएर काम गरिसकेका व्यक्ति हुन् । उनले ललितपुरमा रहेको नेपाल क्यान्सर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत समेत रहेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

चार महिनायता निगमको सञ्चालक समितिमा सदस्यतथा निगम सुधार कार्यदलमा रहेर समेत काम गरेका पौडेलले निगम भित्रका विभागसँग गहन छलफल तथा अन्तरक्रिया तथा पारस्परिक सल्लाह र समझदारीको आधारमा सबैसँग मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आफ्नो कार्यकालयमा योजनाबद्ध रुपमा अगािड बढ्ने र यसअघि समाधान हुन नसकेका समस्या पहिचान गरेर योजनामा ढालेर कार्यान्वयनमा लैजाने पौडेलले बताए ।

कोभिडको माहामारीले विश्वकै पर्यटन व्यवसाय अस्तव्यवूत बनिरहेको अहिलेको समयमा शेयर पूँजी नभई ऋण पूँजीले चलिरहेको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाईन्सलाई दयनीय अवस्थामा माथि उठान त्यति सजिलो भने पक्कै छैन । निगमसँग ऋण करिब ४६ अर्ब पुगेको छ । साउन यता ५ वटा चिनियाँ जहाज ग्राउन्डेड भएपछि निगमसँग साउनयता आन्तरिक उडानमा दुईटामात्रै जहाज बाँकी छ ।

पदभारको दिनमा नै काम गरेर जवाफ दिने बताएका पौडेसँग चुनौंतीपूर्ण सयममा काम गरेर देखाउने अवसर पनि सँगसँगै रहेको छ । निगमप्रति आम जनसमानसमा परेको गलत बुझाई र छाप चिर्ने काम भने पौडेललाई फलामको च्यूरा चपाएसरह हुने देखिन्छ ।

प्रकाशित मिति: : 2020-10-13 10:32:00

प्रतिकृया दिनुहोस्