उपत्यकामा दसैँ सुरक्षा योजना : होटल र गेष्टहाउसमा सर्च अप्रेशन, बसपार्क र मलमा ‘डग स्निफिङ’

प्रहरी–कर्मचारीले बिदा नपाउने, १० हजार प्रहरी परिचालन

रातोपाटी

काठमाडौं
उपत्यकामा दसैँ सुरक्षा योजना
उपत्यकामा दसैँ सुरक्षा योजना

कोरोना महामारीविरुद्ध ‘फ्रन्ट लाइन’ मा खटिएको प्रहरीको काँधमा अब दसैँ–तिहारमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी आएको छ । कात्तिक १ गतेबाट दसैँ सुरु हुँदैछ । त्यसैले प्रहरीले काठमाडौँ उपत्यकामा चाडपर्व केन्द्रित सुरक्षा योजना लागू गरेको छ ।

दसैं–तिहारमा भीडभाड र आवतजावतका कारण ठगी, कालोबजारी र पाकेटमारी जस्ता घटना बर्सेनि बढ्छन् । त्यस्ता घटना नियन्त्रण गर्न काठमाडौँ, भक्तपुर र ललितपुर प्रहरीले ‘सुरक्षा योजना’ लागू गरेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको समन्वयमा उपत्यकाका तीनै जिल्लामा ‘चाडपर्व सुरक्षा योजना’ लागू गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) सुशीलकुमार यादवले रातोपाटीलाई बताए । 

दसैँ–तिहारमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न काठमाडौँमा ३ हजार ७ सय प्रहरी परिचालन गरिएको छ । चक्रपथ बाहिर र भित्र क्षेत्र छुट्याएर ‘कर्डन एण्ड सर्च अप्रेशन’ गरिने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख (एसएसपी) श्यामलाल ज्ञवालीले बताए । उनले भने, ‘गेष्ट हाउस र होटलमा सर्च अप्रेशन चलाउँछौँ, लामो दुरीका बस छुट्ने र आउने ठाउँमा सादा पोशाकमा प्रहरी खटाएर निगरानी गर्छौँ ।’

प्रकाशित मिति: : 2020-10-12 10:27:00

प्रतिकृया दिनुहोस्