कोरोनाले पुनर्जीवन दियो एउटा सरकारी स्कुललाई

सेतोपाटी

काठमाडाैं

बन्द भएको दुई वर्षमा गोरखामा एउटा सरकारी विद्यालयले पुनर्जीवन पाएको छ।

दुई/तीन जना विद्यार्थी र एक शिक्षक मात्रै बाँकी भएपछि छिमेकी सहिद स्मृति माविमा गाभिएको बुंकोटको मकैपुर आधारभूत विद्यालयमा अहिले २५ जना विद्यार्थी छन्।

यो विद्यालय पुन: सञ्चालनमा आएको एक सातामात्रै भएको छ। ‘आज पनि एक जना विद्यार्थी भर्ना भए,’ विद्यालयकी शिक्षिका जानुका भट्टराईले सेतोपाटीसँग भनिन्, ‘विद्यार्थी संख्या बढ्दै गइरहेको छ।’

यो विद्यालय पुन: सञ्चालनमा ल्याउन अभिभावकले जोडबल गरेका थिए। उनीहरूलाई साथ दिए, सहिद लखन गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठले। 

अहिले विद्यालयमा तीन वटा कक्षा सञ्चालनमा छ- बालकक्षा, कक्षा १ र २। बालकक्षामा नयाँ विद्यार्थी भर्ना भएका छन्। कक्षा १ र २ मा भने अरू विद्यालय छाडेर आएकाहरू पनि छन्।

'बोर्डिङ पढेका विद्यार्थी पनि विद्यालयमा भर्ना हुन आएका छन्। चार जना वर्ल्ड क्यापिटल बोर्डिङबाट आए,’ शिक्षिका भट्टराईले भनिन्, ‘न्यु होराइजन बोर्डिङ, सहिद स्मृति विद्यालयबाट पनि हाम्रोमा विद्यार्थी भर्ना भएका छन्।’

प्रकाशित मिति: : 2020-10-09 17:46:20

प्रतिकृया दिनुहोस्