धेरै कठिन छ आइसियू पाउन : १२५ आइसियू र ५५ भेन्टिलेटर खाली, तर संक्रमितले पाएनन् बेड

घटना १ : सत्तारुढ नेकपाकी सचेतक शान्ता चौधरीलाई गत मंगलबार कोरोना संक्रमण पुष्टि भयो । ज्वरो, खोकी र श्वास–प्रश्वासमा समस्या देखिएपछि उनलाई आइसियूको आवश्यकता पर्‍यो । उपत्यकाका सबै अस्पतालले आइसियू खाली नभएको बताए । उनलाई आइसियू दिलाउन स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित मन्त्रालयको पूरै टिम लागिपर्‍यो । करिब २४ घन्टापछि वीर अस्पतालको एउटा आइसियू उपलब्ध गराएर उनलाई राखियो । 

घटना २ : काठमाडौंका राजन श्रेष्ठ (नाम परिवर्तन)लाई गत आइतबार कोरोना पुष्टि भयो । सुगरका बिरामी उनलाई भाइरसले निकैै च्याप्यो । आइसियूको आवश्यकता भएकाले उनले एकपछि अर्को अस्पतालमा सम्पर्क गरे । उपत्यकाका सबै अस्पतालले कोरोना पोजेटिभ भनेपछि शय्या प्याक भएको बताए । केही पार नलागेपछि उनले स्वास्थ्य मन्त्रालयमा सम्पर्क गरे । स्वास्थ्य मन्त्रालयदेखि नेतासम्मले प्रयास गरे पनि उनले समयमा आइसियू पाउन सकेनन् । एक दिनपछि मन्त्रालयले उनलाई निजी अस्पतालको आइसियूमा पठायो ।

प्रकाशित मिति: : 2020-10-09 10:59:33

प्रतिकृया दिनुहोस्