जो चराको प्वाँखमा चित्र बनाउँछन्

सेतोपाटी

काठमाडाै‌

पुष्पलाल डंगोल चराको चित्र बनाउँछन्। पहिलेपहिले उनी कागज र क्यानभासमा विभिन्न चराका आकृति कोर्थे। अचेल भने चराको चित्र चराकै प्वाँखमा बनाउँछन्। 

उनी प्वाँख चित्रको अभ्यास गरिरहेका छन्।

तीन दशकदेखि चराको चित्र बनाइरहेका पुष्पलालको परिवारै यसमा जोडिएको छ। उनीहरूको परिवारै चराको चित्र बनाउने भनेर परिचित छन्। उनका बुवा हरि, भाइ ईश्वर र बहिनीहरू मिना र प्रतिमा सबै चराकै चित्र बनाउन पोख्त छन्।

करिब चार वर्षअघि उनीसँगै बुवा, भाइ, बहिनीहरूले सामूहिक चित्रकला प्रदर्शनी गरेका थिए। त्यही प्रर्दशनीमा केही नौलो कला गर्ने उद्देश्यले काम गर्दा पुष्पलालको दिमागमा प्वाँखको आइडिया फुरेको रहेछ। 

'लामो समय एउटै शैलीको काम गर्दा दिक्क पनि भइन्छ। त्यही भएर नयाँ काम गर्दा रिफ्रेस हुन्छ,' करिब तीस वर्षदेखि चराको चित्र बनाइरहेका उनले भने।

चराको चित्र बनाउने पेसामा लाग्नुको श्रेय उनका बुवा हरिलाई जान्छ। उनैका पाइला छोराछोरीले पछ्याए।

प्रकाशित मिति: : 2020-10-09 07:43:04

प्रतिकृया दिनुहोस्