सरकारी प्रयास फिक्का: कोरोना संक्रमण दर तीव्र

नागरिक दैनिक

काठमाडाै‌

पछिल्लो साता काठमाडौं उपत्यकामा ११ हजार १ सय ८६ सहित देशभर १८ हजार ८ सय ८९ कोरोना संक्रमित थपिए । यो तथ्यांकका आधारमा उपत्यकाको अवस्था भयावह हुने आँकलन गर्न थालिएको छ । कोरोना संक्रमणकै कारण पछिल्लो एक सातामा ८१ जनाले ज्यान गुमाए । देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको छ भने ५ सय ९० जनाले ज्यान गुमाइसकेका छन् । कोरोना पोजेटिभको कुल संख्या एक लाखनजिकै पुगेको छ ।  

‘नेपालमा कोरोना सामान्य रहन्छ, तातोपानी र बेसारले यसलाई सहजै पराजित गछर्’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तर्क र त्यस तर्कलाई समर्थन गर्दै होमा हो जोड्नेको दाबीलाई माथिको तथ्यांकले सोझै खण्डन मात्रै गर्दैन, स्थिति थप भयावह बन्दै गएको संकेत पनि गर्छ । जनस्वास्थ्य विज्ञ तथा सरकारी अधिकारीहरूको मूल्यांकनले पनि कोरोना कहर अझै भयाभव हुने देखाउँछ । प्रधानमन्त्रीलगायत सरकारी तथा जिम्मेवार तहमा बसेकाहरूले नै कोरोनालाई सामान्य रूपमा अथ्र्याएपछि सर्वसाधारणले पनि यसलाई निकै सामान्य ढंगले लिइरहेका छन् । परिणाम कोरोना नियन्त्रणभन्दा बाहिर जाने अवस्था सिर्जना हुन थालेको छ ।  

प्रकाशित मिति: : 2020-10-09 07:32:22

प्रतिकृया दिनुहोस्