मुस्ताङमा जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

मुस्ताङमा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी निरीक्षण आशिष अधिकारीका अनुसार थासाङ गाउँपालिका १ टुकुचेका २५ वर्षीय युवा आर्नल भन्ने आर्नोल्ड थकालीलाई पक्राउ गरिएकाे हाे।

युवती आफ्नै घरमा एक्लै टिभी हेरेर बसिरहेको मौका छोपी युवकले अचानक कोठाभित्र पसी जबस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि  प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान पूरा गरेको जनाइएको छ।

प्रहरी निरीक्षण अधिकारीका अनुसार जबरजस्ती करणी उद्योगमा संग्लन थकालीलाई घटनास्थलको अनुसन्धानपछि खोजतलास गर्ने क्रममा मुस्ताङको घरपझोङ ५ ढुम्बास्थित स्याउबारीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो। उनलाई म्याद थप गरी आवश्यक थप अनुसन्धान भइरहेको अधिकारीले बताए।

प्रकाशित मिति: : 2020-10-08 14:47:42

प्रतिकृया दिनुहोस्