बागमती प्रदेशले दियो धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड

बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रीपरीषदको कार्यालय हेटौंडामा एक कार्यक्रमका बिच बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुन्जना घिमिरे (सुन्तली)लाई चेक हस्तान्तरण गरेका हुन्।  

कार्यक्रममा बोल्दै धुर्मुस–सुन्तलीले उत्साहका साथ गरेको काम गरेको भन्दै  मुख्यमन्त्री पौडेलले प्रशंसा गरे। उनले रंगशाला निर्माणतीब्र गतीमा भएको भन्दै खुशी समेत व्यक्त गरे। 

 रंगशाला निर्माण परीयोजना छिटो सक्नका लागि शुभकामना उनले दिए । सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्ने उनले बताए ।

रंगशाला निर्माणमा चुनौती धेरै रहेकोले जसरी पनि सफल बनाउनुपर्ने बताउदै यो गौरवको आयोजना भएको बताए। सरकारले सहयोग जारी राख्ने बताउदै उनले भने, ‘आगामी वर्षलाई पनि सरकार छ भन्ने सम्झनू।’

यस्तै सामाजिक बिकास मन्त्री युवराज दुलाल फेरि पनि सरकारका तर्फबाट सहयोग हुने बताए। परिकल्पना अनुसार सफलता लागि शुभकामना दिँदै फाउन्डेसनलाई चुनौती पन्छएर अगाडि बढ्न सुझाव दिए।

यसैगरी फाउन्डेसनका अध्यक्ष कट्टेलले सहयोग रकम बुझ्दै खुशीको दिन भएको प्रतिक्रिया दिए। ‘सरकारले सहयोग गर्छ भन्ने अपेक्षा छ। जग्गा दिएर सुरु गरेकोथियो र हाल रकम सहयोग गरेकोमा धन्यवाद दिन चाहान्छौं,’ उनले भने।

उनले रंगशाला निर्माणमा हाल २ सय ३३ जनशक्तिले काम गरीरहेको जानकारी पनि दिए। 

सहयोगी मनहरुले सहयोग गरीरहेको भएपनि लकडाउनले परिस्थिति जटील बनाएको स्मरण गरे। उनले भने, ‘अवस्था समस्याजनक छ तरपनी काम गर्दै छौ, बजारमा ७ करोड तिर्न बाकी छ । तरपनि हामीले हिम्मत हारेका छैनौं।’

प्रकाशित मिति: : 2020-10-07 17:21:57

प्रतिकृया दिनुहोस्