काठमाडौं । विद्युत प्राधिकरणबाट २६ वर्षपछि सेवानिवृत्त भएका कुलमान घिसिङ अहिले अनिच्छित र पट्यारिलो फुर्सदमा छन् । देशका लागि काम गर्ने हुटहुटी मनमा बोकेर घरमा निस्क्रिय बस्नुपर्दा पक्कै पनि उनको व्यग्रता बढीरहेको होला ।
६ वर्षअगाडि चिलिमे हाइड्रोपावरबाट प्राधिकरणमा फिर्ता बोलाइँदाका दिनहरु सम्झिरहेका छन् कुलमान । त्यो बेला पनि यस्तै खालको मनोदशामा उनी थिए । फरक के मात्र भने, त्यो बेला उनीसँग ‘जागिर’ थियो, अहिले छैन । त्यसबेला जागिर भए पनि दुई वर्षसम्म उनी जिम्मेवारीविहीन थिए । उनी दैनिक प्राधिकरण जान्थे, तर बस्नका लागि कुर्सी–टेबलसम्म थिएन ।
‘हाजिर गरेपछि साथीहरुको कोठामा गएर बस्थेँ, कहिले चौरतिर टहलिन्थेँ,’ उनी सम्झिन्छन्, ‘बेलुका हाजिर गरेर भारी मनले घर फर्किन्थेँ ।’
तथापि त्योबेलाको फुर्सदलाई उनले केही न केही सदुपयोग अवश्य गरे । उनको कार्यालय समय मूलतः अध्ययनमा बित्थ्यो । कार्यालय जाँदा सधैं झोलामा ल्यापटप बोकेर जान्थे । त्यसमा ऊर्जासम्वन्धी अनेकन सामग्रीहरु उनले संग्रह गरेका थिए । त्यसैको अध्ययन गरेर दिन बिताउँथे ।
कुलमानले सुनाए, ‘मेरो मोबाइल नम्बर देशभरका जनतासँग छ । म भ्याएसम्म अपरिचित नम्बरबाट आएको कल पनि रिसिभ गर्छु । अहिले पनि फलानो एरियामा बत्ति गयो, के भएको हो भनेर धेरैले फोन गर्नुहुन्छ । कसैले म्यासेज पनि पठाउनु हुन्छ । जनताको गुनासो म प्राधिकरणका सम्वन्धित निकायमा फरवार्ड गरिदिन्छु
‘त्योबेला मैले विश्वका थुप्रै देशको ऊर्जा क्षेत्रसँग सम्वन्धित रिपोर्टहरु अध्ययन गरेँ । मैले ऊर्जा क्षेत्रबारे सबैभन्दा बढी जानकारी हासिल गरेको त्यही अवधिमा हो,’ उनले भने