सुकरामको सपनामाथि ‘जग्गा दलाल’को खेलबाड

सेतोपाटी

काठमाडाैं

डेढ दशकदेखि सानो झुप्रोमा बसेर मदजुरी गर्दै आएका कालिका–५ पदमपुरका सुकराम महतो र उनकी पत्नी बासमतीका दुइटा सपना थिए। 

पहिलो, झुप्रो घर भत्काएर इँटावाला बनाउने। दोस्रो, १९ वर्षीय छोरालाई सेकेण्ड ह्याण्डको मोटरसाइकल किनिदिने।

यिनै सपना साकार पार्न दुबैले दैनिक ज्यालादारी मजदुरी गरेर ८० हजार रुपैयाँको इँटा जोरजाम गरिसकेका थिए। इँटामात्रै थुपारेर भएन, घर बनाउन त लाखौं रुपैयाँ चाहिन्थ्यो।

त्यत्रो पैसा कमाएर जुटाउन उनीहरूका लागि सम्भव नै थिएन। अर्काको घरमा हली बसेर कमाएको ९ हजार रुपैयाँ बुझाएर २०६० सालमा एक कट्ठा जमिन जोडेका थिए, सुकरामले। अहिले पनि त्यही जमिनमा काठपात जोडेर बनाएको छाप्रो छ। त्यसमै उनको गुजारा चल्छ।

प्रकाशित मिति: : 2020-10-05 18:24:36

प्रतिकृया दिनुहोस्