इसेवा मनि ट्रान्सफरले 'दसैं तिहार भर सयको अफर' योजना ल्याएको छ। दसैंतिहार र छठ पर्वलाई लक्षित गरी कम्पनीले नयाँ स्किम ल्याएको हो।
इसेवा मनि ट्रान्सफरमार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा एक सय रुपैयाँ बराबरको रिचार्ड कार्ड जित्न सकिने छ।
इसेवा मनि ट्रान्सफरका एजेन्टमार्फत पैसा पाउँदा रिचार्ज पाइन्छ भने सिधै इसेवा खातामा रकम प्राप्त गर्दा इसेवा खातामा एक सय रुपैयाँ बराबरको बोनस प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।
यो योजना मंसिर ६ गतेसम्म लागू हुने छ। विदेशबाट पैसा पठाउनेको हकमा मात्र यो स्किम लागू हुन् छ। इसेवाले जापान, मलेसिया, बहराइन, युएसएका साथै युरोपका मुलुकहरुबाट रेमिटेन्स भित्र्याउँदै आएको छ।