यादहरू

तिमीले बुनेका सपनाहरू

बोकेको दशकौं भइसक्यो

सपनाहरुमा ढुसी परिसके

ढुसी बोक्ने बानि परिसक्यो

म केही समय होसमा हुन्न

बेहोस भएछौ भनेर नभन्

यादहरु भुलेछौ भनेर नभन।

 

तिमीले साटेका आँखाहरू

बोकेको दशकौ भइसक्यो

आँखाहरुमा चाउरी परिसके

आँखा बोक्ने बानि परिसक्यो

म केही समय होसमा हुन्न

बेहोस भएछौं भनेर नभन

यादहरु भुलेछौ भनेर नभन।।

 

तिमीले छाडेको बैशको ठिटो

बोकेको कैयौ दशक भैसक्यो

शरीर भरि हिमाल फुलिसके

हिमाल बोक्ने बाँनि परिसक्यो

म केही समय होसमा हुन्न

बेहोस भएछौ भनेर नभन

यादहरु भुलेछौ भनेर नभन।

 

तिमीले साटेका चोखो माया

बोकेको कैयौ दशक भइसक्यो

माया खिल बनेर बसेको छ

बेहोसमै बाँच्ने बानि परिसक्यो

होसमा आँउन भनेर नभन

यादहरु भुलेछौ भनेर नभन।

प्रकाशित मिति: : 2020-10-03 10:24:52

प्रतिकृया दिनुहोस्