नेकपा विवाद : घुमिफिरी युवराज !

लोकान्तर

काठमाडाैं

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ‌ओलीले पार्टीमा छलफल नगरिकन अमेरिका, बेलायत र दक्षिण अफ्रिकामा राजदूत सिफारिश गरेको भन्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरू असन्तुष्ट छन् ।

पार्टी विवाद समाधानका निम्ति गठन गरिएको कार्यदलले दिएको म्यान्डेटअनुसार प्रधानमन्त्री नचलेको भन्दै नेताहरू आक्रोशित बनेका हुन् । दीर्घकालीन महत्त्वका नियुक्तिहरू पार्टीको सहमतिमा गर्ने भन्दै नेकपाले अन्तरपार्टी निर्देशिकामा उल्लेखसमेत गरेको थियो ।

प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारसमेत रहेका डा. युवराज खतिवडालाई सरकारले संयुक्त राज्य अमेरिकाको राजदूत सिफारिस गरेपछि नेकपाभित्रको विवाद पुनः गम्भीर र पेचिलो बनेको हो । गत भदौ १९ गते राष्ट्रिय सभा सदस्यताको कार्यकाल सकिएपछि अर्थमन्त्रीबाट राजीनामा दिएका खतिवडा त्यसको एक सातामै प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार नियुक्त भएका थिए ।

मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी आर्थिक सल्लाहकार नियुक्त भएको १९ दिनमै उनलाई राजदूतको नियुक्ति थमाइयो । यसलाई राजनीतिक वृत्तमा 'ओलीको खतिवडा मोह' भन्दै टिप्पणी गर्ने गरिएको छ ।

प्रकाशित मिति: : 2020-10-02 17:16:31

प्रतिकृया दिनुहोस्