नाडा अटो शोलाई ‘मिस’ गर्दै व्यवसायी, दशैंतिहार लक्षित उपहार र स्किमको होडबाजी !

लोकान्तर

काठमाडाैं

रोना महामारी नहुँदो हो त यतिखेर ‘विवाह मण्डपमा सिंगारिएकी बेहुली’ जसरी काठमाडौंको भृकुटीमण्डप सिंगारिएको हुन्थ्यो, तर कोरोनाका कारण भृकुटीमण्डपमा पहिलेजस्तो रौनक छैन । 

दशैं नजिकिँदै गर्दा प्रायः भदौ महिनामा नै नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)ले अटो शो आयोजना गर्ने गर्दछ । 

हरेक वर्ष आयोजना हुने यस प्रकारको शोमा चारपाङ्ग्रे तथा २ पाङ्ग्रे सवारी साधनहरूको प्रबर्द्धन तथा व्यापार आक्रामक हुन्छ । 

यसपटक भने नाडा अटो शो हुन सकेन । मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले विभिन्न किसिमका निषेधाज्ञाहरू जारी गर्दा सवारी साधनको कारोवार ठप्प प्रायः नै बन्यो । 

अहिले विस्तारै बजार चल्दै जाँदा भने क्रमिकरूपमा व्यापार हुन थालेका छन्, तर नाडाले यसपालि कोरोनालाई नै कारण देखाउँदै अटो शो आयोजना गरेन । 

‘विश्वव्यापी रूपमा फैलिएको महामारीलाई मध्यनजर गर्दै अटो शो आयोजना हुन सकेन,’ लोकान्तरसँग नाडाका महासचिव सुनिल रिजालले भने ।

मुलुकमा हुने एकमात्र अटो शो हो नाडा अटो शो । ‘यो इतिहासमै पहिलोपटक हुन सकेन । अहिलेसम्म अन्य कुनै कारणले रोक्न नसकेको अटो शो यस वर्ष कोरोनाले रोक्यो,’ उनले भने । 

बजार बन्द हुँदा ठप्प भएको अटो बजार अब भने विस्तारै चल्ने क्रममा छ । उनले भने, ‘अहिले क्रमिक रूपमा बजार चल्दैछ । दशैंको समयमा थोरै भए पनि किनबेच हुन्छ भन्ने अपेक्षा छ ।’ 

प्रकाशित मिति: : 2020-10-02 14:54:33

प्रतिकृया दिनुहोस्