अख्तियार सुधार्ने पहिलो पाइला

राज्य बलियो बनाउन यसको 'मेकानिजम' बलियो हुनुपर्छ। हामीले कस्तो राज्य बनाउन चाहेको हो भन्ने कुरामा यसका सञ्चालकहरू प्रष्ट हुनुपर्ने हो। भाषणमा मात्रै होइन काम र व्यवहारमा पनि लागू हुनुपर्‍यो।

हाम्रो समाज र राज्यलाई अहिले कमजोर बनाइरहेको सबभन्दा ठूलो रोग हो, भ्रष्टाचार। 

भ्रष्टाचार नियन्त्रण गर्न के गर्नुपर्छ भन्ने प्रश्न हामी सबैले जहाँ छौं, त्यहीँ बसेर आफैंलाई सोध्नु जरूरी छ। आत्मसमीक्षा गर्नु जरूरी छ।

सरकार चलाउन हामीले कस्ता मान्छे पठाउँछौं, ती मान्छेले राज्यका विभिन्न अंग चलाउन कस्ता मान्छे ल्याउँछन् भन्ने कुरा जिम्मेवार नागरिकका हैसियतले हामीले पनि सोच्नुपर्छ।

आजसम्म हाम्रो शासन सत्ताले भ्रष्टाचारलाई मलजल गरेको छ। सदाचारमा बसेर काम भएको छैन। सदाचारमा बस्ने मानिसहरूलाई काम गर्न प्रोत्साहित गरिएको छैन।

अब सधैं यसरी राज्य चल्दैन। सुधार नगरी नहुने स्थितिमा हामी आइपुगेका छौं। सुधारका लागि आइतबार कुर्नुपर्दैन। भ्रष्टाचार नियन्त्रणको सुरूआत कसरी र कहाँबाट गर्ने भन्ने मूल कुरा हो।

हामीले अहिले देख्छौं, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गर्ने निहुँमा तल्ला तहमा काम गर्नेलाई दिनहुँ पक्राउ गरेर मुद्दा चलाउँछ। तल्ला तहमा काम गर्ने खराब प्रवृत्तिका कर्मचारीले सामान्य नागरिकसँग घुस लिएका हुन्छन्। सामान्य मानिसका दैनिक कामकारबाहीमा अवरोध सिर्जना गर्ने वा गरेर घुस लिएकालाई कारबाही गर्दा जनताले राहत पाउँछन्। यो कुरा आंशिक सत्य हो।

प्रकाशित मिति: : 2020-10-01 18:40:28

प्रतिकृया दिनुहोस्