यातायात कार्यालयमा कोरोनालाई गिज्याउने लाइन– सरकारलाई राजस्व बुझाउन पनि यस्तो हैरानी ?

लोकान्तर

काठमाडाैं

‘दुई तिहाइको सरकार छ भन्छन्, पोहोर पनि यस्तै भीड थियो, अहिले पनि यस्तै छ, के गर्छन् होला तिनीहरूले,’ मलिन अनुहार लिएर सडक छेउमा बसिरहेका एक व्यक्ति भन्दै थिए, ‘कोरोनाभाइरसले सबैतिर सखाप पारिसक्यो, हामीलाई पनि लाग्ने पो हो कि !’ 

उनीमात्रै हैनन्, काठमाडौं धुम्बाराहीका शेरबहादुरको पनि गुनासो र मनमा त्रास उस्तै थियो । भोको पेटमै बिहान ७ बजे सातदोबाटो आएर लाइनमा बसेका उनले साढे १ बजेसम्म पनि पालो पाएका थिएनन् । 

‘बिहान ७ बजेतिर आइपुगेको थिएँ, महालक्ष्मी थानसम्म लाइन थियो । भोकै छु, खाना पनि खाएको छैन, भोक लागिसक्यो सर...’ लोकान्तरकर्मीसँग उनले भने, ‘म त छिट्टै आएँ जस्तो लाग्थो, सबैभन्दा लास्टमा परेछु ।’ 

यो त भयो शुरूआती लाइनमै बसिरहेकाहरूको पीडा । यता यातायात कार्यालयको सिस्टममा समस्या देखिएको भन्दै टोकन पालोमा परेपनि राजस्व तिर्न नपाउनेहरूको पनि लाम बाक्लै छ । 

गोदावरीबाट आएका एक युवकले भने, ‘टोकनको पालो त आयो, तर कर प्रिन्ट निस्किएको छैन । सिस्टममा खराबी आएको भन्छन्, कतिञ्जेल बस्नु खै ।’ 

प्रकाशित मिति: : 2020-10-01 18:06:23

प्रतिकृया दिनुहोस्