एउटा मन्त्रालय बनाउँदा एक अर्ब खर्च भार

रातोपाटी

काठमाडौँ

एलिजा उप्रेती

यतिबेला सरकार पार्टी भित्रको शक्ति सन्तुलन मिलाइ उचित भागबन्डा गर्न मन्त्रालय विभाजनको तयारीमा छ । मन्त्रालय विभाजन गरेर आम जनतामाथि खर्च भार थोपर्ने प्रयासमा लागेको भन्दै मन्त्रालय थप्न वा फुटाउन नहुने भन्दै जनस्तरबाटै विरोध हुन थालेको छ ।

सरकार चलाएका र सरकारमा सहभागी भएकाहरु आफु निकट व्यक्तिको भागवण्डा मिलाउन मन्त्रालय नै फुटाउने प्रयासमा रहेको चर्चा छ । यद्यपि, यस विषयमा सरकारले आधिकारिक निर्णय सार्वजनिक भने गरिसकेको छैन ।

नेकपा निकट स्रोतलाई आधार मान्ने हो भने अहिले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वधार तथा यातायात मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाउने सहमति पार्टीमा भएको बुझिएको छ ।

प्रकाशित मिति: : 2020-10-01 16:16:01

प्रतिकृया दिनुहोस्