मनीग्राममार्फत पठाएकाे रेमिट्यान्स अब सीधै आइएमई-पे वालेटबाट भुक्तानी, क्यास-ब्याक अफर पनि

मनीग्राममार्फत रेमिट्यान्स पठाउने नेपालीले अब आइएमई-पे वालेटमा सीधैं रकम प्राप्त गर्ने भएका छन्।

मनीग्राम इन्टरनेसनल, इन्कले आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई-पेसँग ‘पीटुपी’ मनी ट्रान्सफरका लागि समझदारी गरेसँगै यो सुविधा थपिएको हो।

‘यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा मनीग्रामको अर्को महत्त्वपूर्ण फड्को हो। यसबाट विश्वका विभिन्न २ सय देशमा रहेका आफ्ना सेवाग्राहीलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर मनीग्रामले प्रदान गरेको छ,’ आइएमई ग्रुपले विज्ञप्तिमार्फत भनेको छ। 

सेवाग्राहीलाई मनीग्रामबाट पठाएको रेमिट्यान्स नेपालमा आइएमई पेबाट भुक्तानी लिने नयाँ सुविधा प्रदान गरिएको हो। 

मनीग्रामका लागि साउथ एसियास्थित ग्लोबल स्ट्राटेजिक सेल्स प्रमुख रिज सोहेलले व्यापार व्यवसाय वा रोजगारीका लागि विश्वभरी छरिएका नेपालीले मनीग्रामबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्ने बताए। 

वार्षिक ८ खर्ब रेमिट्यान्सा भित्र्याउँदै आएको नेपाल रेमिटेन्समा दक्षिण एसियाकै ठूलो बजार मानिन्छ। 

सेवा सुभारम्भका अवसरमा आइएमई डिजिटलले मनीग्राम मार्फत आइएमई पे वालेटमा आउने प्रति ट्रान्जेक्सनमा ६० रुपैयाँ क्यास व्याक प्रदान गर्ने भएको छ।  यो अफर बुधबारदेखि लागु भएकामा ३१ डिसेम्बर २०२० सम्म कायम हुनेछ।

प्रकाशित मिति: : 2020-10-01 13:47:34

प्रतिकृया दिनुहोस्