१२ पटकका विजेता नाडाल फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा

१२ पटकका विजेता राफायल नाडाल फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । 

बिहिबार बिहान भएकाे खेलमा अमेरिकी खेलाडी म्याकेन्जी म्याकडनल्डलाई पराजित गर्दै दोस्रो बरियताका नाडाल तेस्रो चरणमा प्रवेश गरेका हुन् ।

३४ वर्षका नाडालले २५ वर्षका म्याकडनल्डलाई ६–१, ६–० र ६–३ को सेटमा पराजित गरेका हुन् ।

यसैगरी छैटौँ बरियताका एलेक्सान्डर स्वेरेभ पनि तेस्रो चरणमा प्रवेश गरेका छन्।

फ्रान्सेली खेलाडी पिएर–ह्युग्स हर्बर्टलाई पाँच सेटमा पराजित गरेर स्वेरेभले अघिल्लो चरणमा स्थान बनाएका हुन् । 

स्वेरेभले २–६, ६–४, ७–६ (७–५), ४–६ र ६–४ को सेटमा जित निकालेका हुन्।

प्रकाशित मिति: : 2020-10-01 07:18:26

प्रतिकृया दिनुहोस्