विराटनगर-इटहरी-धरान व्यापारिक मार्गमा कामभन्दा धेरै विवाद

थाहा खबर

विराटनगर

ध्रुव भट्टराई
रानी-विराटनगर-इटहरी-धरान सडकखण्ड व्यापारिक मार्ग विस्तारको काम ६० प्रतिशत पूरा भएको छ। सम्झौताअनुसार उक्त ६ लेनको सडकखण्ड आर्थिक वर्ष २०७५/७६ सम्म निर्माण गरिसक्नु पर्ने थियो।

सडक विस्तारको क्रममा विभिन्‍न भागमा विवाद भएर काम रोकिँदा निर्माण सुरु भएको नौ वर्षमा ६० प्रतिशत मात्र काम सकिएको हो।

आयोजनाका अनुसार अहिलेसम्म विभिन्न प्याकेजमा २२ किलोमिटर सडक कालो पत्रे गर्ने काम पूरा भएको छ भने विभिन्न प्याकेजमा नाका निर्माणसँगै सडक पेटी निर्माणको काम पनि भइसकेको छ।

२०६९ सालमा ठेक्का सम्झौता भएर उक्त सडकखण्डको स्तरोन्‍नतिको काम सुरु भएको थियो। कुल ४९ किलोमिटर सडक विस्तारको काममा अझै  पनि केही ठाउँमा विवाद कायम रहेकाले विस्तारका लागि ठेक्का लाग्‍न सकेको छैन।
 

प्रकाशित मिति: : 2020-09-30 16:12:15

प्रतिकृया दिनुहोस्