रौतहटमा एक बालिका बलात्कृत, दोषी युवक ३ घण्टामै पक्राउ

रौतहटको कटहरिया नगरपालिकाकी बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

संघिय संसदमा बलात्कारिलाई मृत्यु दण्डको सजाय दिनुपर्ने माग उठिरहेकै बेला रौतहटको कटहरिया नगरपालिका स्थित बालिका बलात्कारको आरोपमा युवक पक्राउ परेका हुन्। 

बालिका बलात्कारको आरोपमा कटहरिया नगरपालिका  १ भसेढवा परसबनि टोलका ३५ वर्षीय इन्दल दाश पक्राउ गरेको इलाका प्रहरी कार्यालय, गरुडाका प्रमुख डिएसपी रबि रावलले बताए। 

सोमबार राती ९ बजे सोही टोलकी एक १५ वर्षीया बालिका नजिकै रकेको धारामा पानी लिन गएकी थिइन्। उक्त स्थानमा कोइ नरहेको मौकाछोपि आरोपी दाशले बालिकाको मुख थुनेर नजिकैको धानखेतमा लागि बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन्। 

पीडित बालिकाले घर पुगेर घटनाबारे आफ्नो बुवालाई बताए लगतै  खबरको आधारमा सई लतिफ अन्सारीको कमान्डमा गएको इलाका प्रहरी कार्यालय कटहरियाको टोलिले आरोपी दाशलाई राती १२ बजे पक्राउ गरेको थियो।

पक्राउ परेका आरोपी हाल गरुडाको नियन्त्रणमा रहेको र पीडितको बुबाको जाहेरीको आधारमा निजमाथि जबजस्ती करणी सम्बन्धि मुद्दा दर्ता तयारी भैरहेको डिएसपी रबि रावलले जानकारी दिए। 

पीडित बालिकालाई स्वास्थ परीक्षणको लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-09-29 19:03:59

प्रतिकृया दिनुहोस्