अख्तियारमा भाग पाउन देउवाले सत्तासँग म्याउँ नगरून्

सेतोपाटी

काठमाडाैं

गणेशराज शर्मासँग कुरा गर्न धेरै वर्षअघि म उनको निवास पुगेको थिएँ। त्यो बेला म 'द काठमाडौं पोस्ट’ मा काम गर्थें। उनी रिसले चुर भएर बसेका रहेछन्। त्यो पनि काठमाडौं पोस्टमा प्रकाशित मेरो पछिल्लो लेखलाई लिएर। 

त्यो बेला नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई 'लाउडा प्रकरण' मा अख्तियारले बयानका लागि बोलाएको थियो। उनी अख्तियारमा बयान दिन नजाने अड्डी कसेर बसेका थिए। मैले त्यसैबारे लेख लेखेको थिएँ।

नेपाली कांग्रेसकै नेतृत्वको सरकारले अख्तियार ऐन बनाउने, पछि गएर अख्तियारलाई बलियो बनाउन भ्रष्टाचारविरोधी थप कानुनहरू ल्याउने अनि त्यही पार्टीका सभापतिले म बयान दिन जान्नँ भन्न मिल्दैन भन्ने मेरो जिरह थियो।

गिरिजाप्रसादले बयान दिन जान्नँ भन्न मिल्ने भए भोलि अरूले बयान दिन अख्तियार किन जाने भनेर मैले प्रश्न गरेको थिएँ। पार्टीहरू आफैले संवैधानिक संस्थाहरू बनाउने अनि तिनलाई कमजोर पार्ने काम आफैं गर्ने भए प्रजातन्त्र संस्थागत हुन्न भन्ने मेरो तर्क थियो।

प्रकाशित मिति: : 2020-09-28 21:05:54

प्रतिकृया दिनुहोस्