परिवारभित्र नै हत्याका घटना : कतै योजनावद्ध त कुनै आवेगमै

सविन ढकाल

काठमाडाै‌

काठमाडौं : घटनास्थलको परिस्थितजन्य अवस्थाले मात्र होइन, केही प्राविधिक पक्षले पनि अहिले एउटै कुरा बोलिरहेको छ - घटना हत्या हो। सन्दर्भ भक्तपुरको घरमा भेटिएका तीन मृतक। प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि अहिले ३६ वर्षीय सुदीप अधिकारीलाई अभियुक्त बनाएको छ।

तर, यो अभियोगमा सुदीपलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्न सकेन। किनकि उनी पनि यो संसारमा छैनन्। ढिलै किन नहोस्, उनले श्रीमती र छोराको हत्या गरेको एक दिनपछि आत्महत्या गरेको खुलेको छ।

घटना हो भदौ २६ गते (शुक्रवार)को। मध्यपुर थिमि नगरपालिका-९ स्थित निकोसेरामा एउटै घरभित्र तीन जनाको शव भेटियो। ५ बजेतिर एकै परिवारका तीन जनाको शव घरभित्र फेला परेको थियो। ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त मृत अवस्थामा फेला परेका थिए।

सुरुमा प्रहरी नै घटना के हो भन्ने अष्पष्ट थियो। तर तीनै जनाको पोष्टमार्टम रिपोर्टपछि भने दुई जनाको हत्या र एक जनाको आत्महत्या भएको निष्कर्षमा पुगेको छ। शनिवार (भदौ २६) गते भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्टले श्रीमती टाउकोमा धारितलो हतियार र छोराको टाउको र घाँटीमा धारितलो हतियार प्रहारबाट मृत्यु भएको देखियो। त्यसैले दुई जनाको हत्या भएको भन्न प्रहरीलाई कुनै कठिन भएन।

प्रकाशित मिति: : 2020-09-27 09:46:59

प्रतिकृया दिनुहोस्