कोरोना कहरले नछोएको लेहेङ्गा व्यापार, ‘स्मार्ट बजार’ले फस्टायो कारोबार

लखन चाैधरी

 

यतिबेला जो कोही पेशाकर्मी र व्यवसायीलाई एउटै पिरलो छ – कोरोना भाइरस संक्रमणको महामारीसँगै लकडाउनले बर्बादै बनायो, कारोबारै ठप्प भयो, चौपटै भयो ।

तर यस्तो पनि व्यवसाय छ, जो सदावहार चलिरहेको छ । बरु कोरोना महामारीसँगै जारी लकडाउनले सो व्यवसायलाई प्रविधिमय बनाइदिएको छ । त्यो हो – लेहेङ्गा र चोलियाको कारोबार ।

कैलालीको गौरीगंगा नगरपालिका–८ लिक्मास्थित स्मार्ट ग्रूपका सञ्चालक सदस्य कालुराम चौधरी भन्छन्, ‘पहिले–पहिले व्यवसायमा प्रविधिको त्यति बढी प्रयोग थिएन । जब लकडाउन शुरू भयो, व्यापारको एक मात्रै सहारा प्रविधि बन्यो । हामीले प्रविधिको उच्चतम प्रयोग गरी प्रविधिलाई व्यवसायसँग जोड्यौं । फेसबूक पेजमा प्रचारप्रसार, विज्ञापन बढायौं र अर्डर हुन थाल्यो ।’

लेहेङ्गा र चोलिया थारु युवतीले प्रयोग गर्ने परम्परागत लोकप्रिय पहिरन हो । पछिल्लो समय लेहेङ्गा र चोलियाले फेसनकै रूप लिएपछि कारोबार पनि फस्टाएको छ । मेला, महोत्सव, उत्सवलगायत सबै औपचारिक तथा अनौपचारिक कार्यक्रममा थारु युवतीहरू लेहेङ्गा र चोलियाकै प्रयोग गर्न रुचाउँछन्, फलतः यसको कारोबार चम्केको छ ।

 

 

प्रकाशित मिति: : 2020-09-26 20:47:05

प्रतिकृया दिनुहोस्