‘भीआईपी’ क्षेत्रमा गिट्टी कुटेर गाँसको जोहो गर्दै यी ६७ वर्षीया वृद्धा

लोकान्तर

सुर्खेत
शेरबहादुर थापा

 

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ इत्राम ‘भीआईपी’ क्षेत्र हो ।

त्यो क्षेत्रमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निवास छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, पर्यटन मन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था तथा सहकारी मन्त्री विमला केसी लगायत भीआईपीका गाडीहरू साँझबिहान इत्राम भएरै ओहोरदोहोर गर्छन् ।

इत्राममै ६७ वर्षीया इन्द्रकला अधिकारी सडक छेउमा च्यातिएर धुजाधुजा भएको पालभित्र गिट्टी कुटिरहेकी हुन्छिन् । असोज महिनाको टन्टलापुर घाममा १ बोरा गिट्टी कुट्न उनलाई कम्तिमा ४ घण्टा लाग्छ । राम्ररी आँखा नदेख्ने भए पनि गाँसको जोहो गर्न उनले गिट्टी कुटिरहनुपर्छ ।

वृद्धा इन्द्रकला गिट्टी कुट्ने पाल नजिकै प्रदेशसभा भवन छ । प्रदेशसभा चलिरहेका बेला सांसदहरू सोही बाटो ओहोरदोहोर गर्छन् । तर वृद्धावस्थामा कडा परिश्रम गरिरहेकी वृद्धातिर कसैको नजर पुगेको छैन ।

प्रकाशित मिति: : 2020-09-26 12:57:13

प्रतिकृया दिनुहोस्