संक्रमितको सेवामा खट्ने श्रीमानमा कोरोना देखिएपछि घरमै स्याहार्दै विष्णु, ‘घरी च्याट गर्छु, घरी टिकटक बनाउन लगाउँछु’

पहिलोपोष्ट

काठमाडौँ
  • विष्णु तामाङ-

भदौ ३१ गते दिनको ३ बज्नै लाग्दो हो, मोबाइलमा घण्टी बज्यो। हेरें, 'आफ्नै गोपालजी'ले फोन गर्नुभएको रहेछ।

गोपालजी अर्थात् मेरा श्रीमान गोपाल तामाङ।

कुराकानीपछि झस्कें म। 'मेरो रिपोर्ट पोजेटिभ आयो' उहाँले भन्नुभयो।

फेरि थप्नुभयो - तिमीहरु तुरुन्तै स्वाब दिन जैन भवन जाउ।

तुरुन्तै दुई छोरालाई सुनाए। उनीहरु पनि चकित परे।

श्रीमानलाई कोरोना पुष्टि भयो र हामी कन्ट्याक्ट ट्रेसिङमा पर्‍यौं भन्ने बुझियो। र, हामी गयौं जैन भवन।

प्रकाशित मिति: : 2020-09-25 20:58:38

प्रतिकृया दिनुहोस्