त्यसदिन घर नफर्किएकी सम्झना कामी

खिलानाथ ढकाल

काठमाडाैं

बझाङको मष्टा गाउँपालिका-२ की १२ वर्षीया सम्झना कामी बुधबार साँझ साढे ५ बजे घरबाट गाई-गोरु गोठभित्र बाँध्न निस्केकी थिइन्। 

घरदेखि आधी घन्टा टाढा गोठ छ। त्यसको बीचमा लाछीगाड खोला। 

खोलापारिपट्टी जंगल छिचोलेर गोठमा पुग्नुपर्थ्यो। 

बिहान गाई-गोरुलाई बाहिर पगा लगाइने र साँझ गोठभित्र बाँध्ने गरिन्थ्यो। 

बिहान  गाई-गोरु बाहिर ल्याउने र साँझ भित्र बाँध्ने जिम्मा सम्झनाकै काँधमा थियो। उनी गोठमा गएको एक घन्टाभित्र घर आइपुग्थिन्। 

बुधबार साँझ भने उनी दुई घन्टासम्म पनि फर्किनन्। नातिनी घर नफर्केपछि हजुरबुवा गोरख खोजीमा निस्के।  जताततै खोजी गर्दा पनि फेला पार्न सकेनन्।

त्यसपछि उनले गाउँलेलाई गुहारे। 

गाउँलेहरू मिलेर सम्भावित ठाउँमा हेर्दा पनि सम्झना कतै भेटिइन्। त्यसपछि गोठ नपुग्दैको सिमदेवता मन्दिर गए। त्यहाँ सम्झनाको लास थियो।

प्रकाशित मिति: : 2020-09-25 15:25:30

प्रतिकृया दिनुहोस्