वनको जग्गामा जालझेल : सुकुम्वासीको नाममा दर्तापछि सिमेन्ट उद्योग स्थापना !

सिरहा जिल्लाको गोलबजार नगरपालिका–१० स्थित २०२ नम्बर कित्ताको वन क्षेत्रको जग्गालाई २०५८ सालमा सुकुम्वासी समस्या समाधान आयोगले कुनै मोक्तान थरका व्यक्तिको नाममा दर्ता गरेर लालपूर्जा दियो । सुकुम्वासीका नाममा अतिक्रमण भएर लालपूर्जा लिइएको जग्गामा अहिले सिमेन्ट उद्योग छ । 

नगरपालिका–१० स्थित कित्ता नम्बर २०२ र २०६ को साविक सरकारी वन क्षेत्रको करीब ३ बिघा जग्गामा अहिले मारुती सिमेन्टको कारखाना रहेको डिभिजन वन कार्यालय सिरहाका डिभिजन वन अधिकृत सुभाष दासले बताए ।

‘सुकुम्वासीको नाममा जग्गा लिने ती मोक्तान थरका व्यक्तिले पछि मारुती सिमेन्ट कारखानाका सञ्चालक गोयल र राठी थरका व्यक्तिलाई जग्गा बिक्री गरेको देखिन्छ,’ दासले भने, ‘सबै कुरा के कसो हो बुझेर जग्गा सरकारी वन क्षेत्रकै नाममा कायम गराउनका लागि प्रक्रिया थालिसकिएको छ ।’

प्रकाशित मिति: : 2020-09-25 13:23:32

प्रतिकृया दिनुहोस्