निजी अस्पतालमा बिरामी र नर्समाथि दोहोरो शोषण

अर्जुन अधिकारी

 

बिरामीबाट बढीभन्दा बढी शुल्क लिने र नर्सलाई कमभन्दा कम तलब दिन निजी अस्पतालबीच प्रतिस्पर्धा छ । बिरामीबाट सबैभन्दा चर्को शुल्क लिन नाम चलेका अस्पतालले नै नर्समाथि श्रम शोषण गरेका छन् । 

कोभिडका नाममा जथाभावी शुल्क लिएको भनेर काठमाडौंको ह्याम्स अस्पताल पछिल्लो दिन निक्कै विवादमा छ । ह्याम्सले एकै बिरामीबाट दिनमा ३० हजारसम्म असुलेका बिल नयाँ पत्रिकाले प्राप्त गरेको छ । जसमा ‘नर्सिङ चार्ज’ दैनिक चार हजार आठ सय राखिएको छ । एक नर्सले हरेक दिन न्यूनतम पाँचजना बिरामी हेर्छन् । यसरी नर्सिङ चार्जबापत एउटा नर्सको सेवाबाट ह्याम्सजस्ता अस्पतालले दिनको २४ हजार र महिनाको सात लाख २० हजार रुपैयाँ बिरामीबाट असुल्छन् । तर, ह्याम्स अस्पतालले नर्सलाई भने महिनाको १७ हजार मात्र तलब दिएको छ । 

काठमाडौंमा ग्रान्डी, नर्भिक, बी एन्ड बी र मोडेल अस्पतालले नर्सलाई बाँच्न पुग्ने पनि पारिश्रमिक नदिएको सरकारी प्रतिवेदनमा उल्लेख छ । प्राध्यापक गोमादेवी निरौलाको संयोजकत्वमा गठित सरकारी प्रतिवेदन भन्छ, ‘नर्भिक अस्पतालमा स्टार्फ नर्सको तलब ११ हजार ८५ रुपैयाँ छ । मोडलमा १३ हजार, बी एन्ड बीमा १३ हजार एक सय र ग्रान्डीमा १६ हजार मात्र छ ।’ 

प्रकाशित मिति: : 2020-09-25 08:49:26

प्रतिकृया दिनुहोस्